
काठमाडौं । ईमेज च्यानलले होली पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गरेको छ ।
काठमाडौंको ठमेलमा गरिएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । चर्चित कलाकारहरु धमेन्द्र सेवाङ, कमल खत्री, प्राश्ना शाक्य लगायतको प्रस्तुतीमा सहभागीले नाचगान गरेका थिए ।
होलीको अवसरमा भएको कार्यक्रममा सयौं युवायुवतीले सहभागिता थियो । सो कार्यक्रमको ईमेज च्यानलले प्रत्यक्ष प्रशारण गरेको थियो ।
बिहान ११ बजेदेखि भएको कार्यक्रम साँझ ५ बजेसम्म गरिएको थियो । बिगतका वर्षहरुमा कोरोनाका कारण सामुहिक रुपमा निषेध गरिएको होली पर्व यस वर्ष भने कोरोनाको संक्रमण घटेसँगै हर्षोल्लास पुर्वक मनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्