१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होलीमा रंगिए पर्यटक


39
Shares

काठमाडौं । बसन्त ऋुतको रंगिलो पर्व फागू पूर्णिमा । सडकमा छेउमा फूल फुलेका छन् । मान्छेको मन रंगिएको छ । फागुको रंगले के पर्यटक, के केटाकेटी सबैलाई आकर्षित गरेको छ ।

रंगंहरुको पर्व फागुको रौनकले काठमाडौ उपत्यका रंगिएको छ । पर्यटकहरुको जमघट हुने बसन्तपुरदेखि ठमेलमा भएका कार्यक्रममा विदेशी पनि रमाएर नाचगानमा सहभागी थिए । कोभिडको संक्रमणले पर्यटकीय बजार सेलाइरहेको बेला रंगको उत्सवमा विदेशी पर्यटक रमाइरहेका थिए । रंगिन वातावरणले उनीहरु हौसिएका थिए । रमाइलो गर्ने नेपाली संस्कृतिले आफूहरुलाई तान्ने गरेको उनीहरु बताउँछन् ।

वसन्त ऋतुसँगै आएको रगंहरुको पर्वलाई असत्यमाथि सत्यको पर्वका रुपमा मनाइने गरिन्छ । बच्चाहरु पनि हर्षोल्लासपूर्वक रंग खेल्न अभ्यस्त देखिन्थे । उनीहरुको अनुहारमा रंगीविरंगी कलाकृति कोरिएको थियो । अझ रमाइलो त स्वास्थ्य मापदण्ड पालना गर्दै बालबालिकाले मास्क लगाएका थिए । रंग खेल्न पाउँदा खुसीको सीमा थिएन । खुसी र रंगको पर्व होलीले सबै तह र तप्कालाई जोडेको छ ।