
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा चैत १५ गते हुने भएको छ ।
एन्फाको १८ औं कार्यसमिति बैठकले साधारण सभा चैत १५ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
यसअघि साधारण सभा फागुन आठ गतेलाई तय गरिएको थियो । तर, प्राविधिक कारण देखाएर साधारण सभा स्थगित भएको थियो । यस्तै बैठकले निर्वाचन कार्यतालिका अनुमोदन गरेको छ ।
एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ । बैठकले बैशाख १ देखि १० गतेसम्म जिल्ला संघको निर्वाचन गर्ने निर्णय गरेको छ ।
त्यस्तै नेपाल सुपर लिगको बारेमा एन्फा अध्यक्षको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । एन्फाले चार ए डिभिजन क्लबसँग नेपाल सुपर लिगबारे छलफल गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्