४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


देशभरकाे मौसम सामान्यतया सफा रहने


91
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्राणाली छैन ।

आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली ररहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ।

त्यस्तै, राती भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।