१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुनको मूल्य स्थिर रहँदा चाँदी चाहिँ घट्यो


299
Shares

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाँहि घटेको छ ।

बिहीबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।