१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अमेरिकाका राष्ट्रपतिद्वारा रुसी राष्ट्रपति पुटिनलाई हत्यारा, तानाशाह र ठगको संज्ञा


650
Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हत्यारा, तानाशाह र ठगको संज्ञा दिनुभएको छ ।

उहाँले बिहीबार रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधी हत्यारा, तानाशाह र ठगको संज्ञा समेत दिनुभएको हो । अमेरिकाका राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधि भन्दा रुसले चर्काे आलोचना समेत गरेको थियो ।

युक्रेन र रुसबीच भएकाे जारी युद्धमा अमेरिकाले लगातार रुसलाई दबाब दिने प्रयास गरिरहेको छ । साेही क्रममा बिहीबार अमेरिकाका राष्ट्रपति जाे वाइडेनले पुटिनलाई युद्ध अपराधि भन्नु भएको थियो ।

वाइडेन अब बयानबाजिमा अझ अगाडि बढेकाे देखिन्छ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा युद्धको बिगुल फुकेको थियो ।

युद्धको आज २३ औँ दिन हुँदासम्म युद्ध रोकिने अवस्थामा भने पुगेको छैन ।