२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चितवनमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति


143
Shares

काठमाडौं । चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय माधव लामिछानेको धन्सारमा बिहान साढे ४ बजे आगलागी हुँदा ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल कुखुराको दानालगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै फार्ममा रहेको १२ सय कुखुरा र झण्डै एक हजार चल्ला नष्ट भएको छ । स्थानीयवासी र प्रहरीले आगो निभाएका छन् ।

आगलागीको कारण भने खुल्न सकेको छैन ।