३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


युएईले नेपाललाई दियो १६९ रनको लक्ष्य


104
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा युएईले नेपाललाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।

नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएई ४६ दशमलब ३ ओभरमा १ सय ६८ रनमै अलआउट भएको हो ।

सोमपाल कामीले पावर प्ले भित्रै ३ विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । युएईका लागि मध्यक्रमका सीपी रिजवान र रोहन मुस्ताफाले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि नेपाली बलरले पुनरागमन गरे ।

कामीले युएईका शीर्षक्रमका तीन ब्याटरलाई आउट गरे । कप्तान अहमेद राज १३ रन बनाएर आउट भए । उनलाई करण केसीले दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए । बलिङमा नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । यस्तै किफायती बलिङ गरेका करण केसीले ७ दशमलब ३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चिएर १ विकेट लिए ।

दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । सागरले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।