
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले उनीहरुविरुद्ध सवारी चालक अनुमति पत्रमा अनियमितता गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार गण्डकी यातायात व्यवस्था कार्यालयबाट २०७५ मंसिर, २०७६ कात्तिक र मंसिरमा सञ्चालित लाइसेन्सको परीक्षामा उत्तिर्ण भएकालाई अनुत्तिर्ण र अनुत्तिर्ण भएकालाई उत्तिर्ण गरी अनियमितता गरेको पाइएको छ ।
आयोगले कार्यालयका तत्कालीन निमित्त प्रमुख गोकुल शर्मा पौडेल, हरिप्रसाद गौतमलगायत ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्