२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


117
Shares

काठमाडौं । अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बलात्कारको अभियोगमा पक्राउ परेका नायक तथा अभिनेता पल शाहलाई शुक्रबार थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले प्रहरीलाई अनुमति दिएको हो ।

गत फागुन १५ गते पक्राउ परेका शाहालाई यसअघि दुई पटक म्याद थप गरिसकेको छ । फागुन २२ गते अदालतले दोस्रो पटक १२ दिन समय थप गरेको थियो । तर, अनुसन्धान नसकिदैँ नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते शाहालाई नवलपुर लगिएको थियो ।

पछिल्लो पटक थप गरिएको म्याद शुक्रबार सकिएको छ । पलसँगै उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
अभियोग पत्रमा शाहलाई १२ देखि १४ बर्ष जेल सजायको माग गरिएको छ । यता, नवलपुर जिल्ला अदालतमा भने शाहविरुद्ध अभियोगपत्र दर्ता भइरकेको छ । अब तनहुँमा अनुसन्धान सकिएपछि थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिने छ ।