२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


सैनिक ब्यारेकको विरोधमा स्थानीय


13.494k
Shares

मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्जमा थप सैनिक ब्यारेक राख्न खोजिएपछि स्थानीयले विरोध जनाएका छन् ।

बस्ती तथा धार्मिक स्थल जोगाउन भन्दै मकवानपुरको हेटौंडा उपमहानगरका बडा नम्बर १२, १३ र १४ साथै मनहरी गाउँपालिकाको बडा नम्बर १ र २ का बसिन्दाले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुको संघर्षमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले साथ दिएको छ । महासंघले संरक्षण क्षेत्र विस्तारको विरोध गर्दै सामूदायिक वनमा भइरहेको प्रतिगमन बन्द गर्नु पर्ने माग राखेको छ ।

विरोधमा उत्रिएकाहरुले बाघ र हात्ति बचाउने नाममा जनतामा मार्न नपाइने बताएका छन् ।