१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपमेयरसँग कुनै बिवाद छैन : मेयर शाक्य


234
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद मिडियामा आएका समाचार जस्तो नभएको बताउनुभएको छ ।

केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन खोजेपनि आफूले नगरसभा र कार्यपालिकाको निर्णय भन्दा बाहिर गएर कुनै काम नगरेको बताउनुभयो । उपमेयर र मेयरको विवादबारे एउटै मञ्चमा बहस गर्न आफू तयार रहेको मेयर शाक्यको बताउनुभयो । शुक्रबारको पत्रकार सम्मेलनमा मेयर शाक्यले आफ्नो कार्यकाल सफल भएको दाबी गर्नुभयो । केही–केही काम आफूले घोषणा गरेअनुसार नभए पनि धेरै काम सम्पन्न भएको उहाँको दाबी छ । आफ्नो कार्यकालमा जनता खुसी भएको भन्दै यसले आफू सन्तुष्ट रहेको मेयर शाक्यले बताउनुभयो ।

सम्पदाका क्षेत्रमा आफ्नो कार्यकालमा भएको कामबारे विस्तृत विवरण सुनाउनुभएका मेयर शाक्यले अन्य क्षेत्रमा भएको कामबारे पनि चाँडै जानकारी दिने बताउनुभयो । फोहोर व्यवस्थापनमा सफल हुन लागेको भनेर केही–केही मान्छेले खेल खेलिरहेको मेयर शाक्यको आरोप छ ।
आयोगले बनाएको आचारसंहिताको विषयमा मेयर शाक्यले आपत्ति समेत जनाउनुभयो । जनताले जिताएर पठाएका जनप्रतिनिधिलाई पुनः उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्णय आपत्तिजनक रहेको उहाँको भनाइ थियो ।