२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राजनीतिक प्रणाली नै देशको विकास र समृद्धिको बाधक : अध्यक्ष लिङ्देन


91
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान राजनीतिक प्रणाली र यसका अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको बताउनुभएको छ ।

शुक्रबार ललितपुरमा आयोजित क्षेत्रीय आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले लामो समय असफलताको नेतृत्व गरिरहेका दल र नेतृत्वको गलत नीति, अकर्मण्यताको विकल्प खोजिनुपर्ने बेला आएको बताउनुभएको हो ।

अध्यक्ष लिङ्देनले राप्रपा केवल एउटा राजनीतिक पार्टी मात्रै नभएको, जनअपेक्षालाई धोका दिने दल चलाउने उद्देश्य नभएको प्रष्ट पार्दै राप्रपाको महाधिवेशनपछि आम जनतामा सकारात्मक आशा पैदा भएको दाबी गनुभएको छ ।

लिङ्देनले ठूला दलकै कारण कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई असफल तुल्याउने, विवादित बनाउने र जनतामा निराशा पैदा गर्ने काम भइरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष लिङ्देनले राजालाई गाली गरेर उठ्ने सपना कसैले देखिरहेको छ भने त्यो दिवासपना हुने र राजालाई गाली गरेर राजनीति धान्ने दिन गएको बताउनुभयो ।