
बैतडी । बैतडीमा एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–४ कैनपानीकी २३ वर्षीया भागरथी चन्द रहेकी छन् ।
उनको घर नजिकै रहेको सिचाँइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्