१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दक्षिण अफ्रिकाको मैदानमा बंगलादेशलाई ऐतिहासिक सफलता


507
Shares

काठमाडौं । बंगलादेशले घरेलु टोली दक्षिण अफ्रिकालाई पहिलो एकदिवसीय क्रिकेटमा हराएको छ ।

शुक्रबार राति भएको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई ३८ रनले हराएको हो ।

दक्षिण अफ्रिकाको मैदानमा बंगलादेशको यो पहिलो एकदिवसीय जित हो ।

सेन्चुरियनमा बंगलादेशले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७६ रनमा समेटियो ।

दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेनले ८६ रनको अर्धशतकीय इनिङ खेले । डेभिड मिलरले ७९ रनको इनिङ खेल्दा टेम्बा बाभुमाले ३१ रन बनाए । बंगलादेशका मेहदी हसन मिराजले ४ तथा ताक्सिन अहमेदले ३ विकेट लिए । सोरिफुल इस्लामले दुई र महमुदूल्लाहले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो ।

बंगलादेशका शकिब अल हसनले ७७ रनको अर्धशतकीय इनिङ खेले । लिटोन दास र यासिर अलिले ५०/५० रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान तमिम इकबाल ४१ रनमा आउट भए ।

दक्षिण अफ्रीकाका मार्को जेनसन र केशव महाराजले २/२ विकेट लिए । यस्तै, लुन्गिी एनगिडी, कागिसो रबाडा र एन्डिलो फेहलुकवयोले १/१ विकेट लिए ।

जितसँगै तीन खेलको सिरिजमा बंगलादेशले १–० को अग्रता बनाएको छ ।