
कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले जग्गा उपभोग गरिरहेको लालपूर्जा वितरण गर्न सुरु गरेको छ ।
याे गाउँपालिकाले पहिलो चरणमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित ८८ परिवारलाई जग्गाको लालपूर्जा वितरण कार्य सुरु गरेको हो । कैलारी गाउँपालिकाले सबैलाई सम्मान रुपमा लालपूर्जा वितरण गर्ने लक्ष्य समेत राखेको छ ।
गाउँपालिकाले पहिलो चरणमा हौसलपुरका २८ र मोहनपुरका ६० गरी ८८ परिवारलाई लालपूर्जा वितरण गरेको छ । लालपूर्जा पाएपछि स्थानीय खुशी भएका छन् । लामो समयदेखि ऐलानी जग्गा उपभोग गर्दै आएपनि हौसलपुरका स्थानीयले त्यो जग्गा आफ्नो नाममा बनाउने प्रक्रियामा गएपछि खुशी भएका हुन् । ऐलानी जग्गा खनजोत गरेको तीन पुस्ता भईसकेपनि अहिलेसम्म जग्गा आफ्नो नाममा नहुदाँ उनीहरु दुःखी थिए ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आएपनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताउनुभयो । जग्गा जोत, उपभोग गरिरहेका प्रमाण गाउँपालिकाले दिन थालेपछि स्थानीयवासिन्दा पनि दंग देखिन्छन् ।
जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा हुने र जग्गा सम्बन्धी सबै विवाद समाधान होसभनेर नै गाउँपालिकाले निस्सा दिएको अध्यक्ष चौधरीको भनाइ छ । कैलारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले सबैलाई सम्मान रुपमा निस्सा दिईरहेको बताउनुभयो।
यसरी कैलारी गाउँपालिकाले सुरुवात गरेको लालपूर्जा वितरणको अनुसरण अन्य गाउँपालिकाले समेत गर्दै जाने हो भने भूमिहिन, सुकुम्बासी र समस्याको रुपमा रहेको अव्यवस्थित बसोबास समाधान हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्