
दैलेख, चैत २ । दैलेख–सुर्खेत सडकखण्डअन्तर्गतको लुवाखोलामा सडकभन्दा तल पुल निर्माण भइरहेको पाएको छ ।
निर्माणाधीन पुल सडकभन्दा निकै तल भएकाले वर्षात्मा आएको पानी पुलको माथिबाट बग्ने देखिएको हो ।
ईआरएमसी कन्सलटेन्सीले डिजाईन गरेको सो पुल तीन वर्ष अगाडि निर्माण सुरु गरिए पनि निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।
स्थानीय भौगोलिक बनावट नहेरिकनै डिजाईन गरिएकोले पुल सडकभन्दा तर रहेको स्थानीयहरुको गुनासो गरेका छन् ।
सडकसम्म पुलको उचाई पुर्याउनका लागि पुलको एक तला थप्नुपर्ने देखिए पनि निर्माण कम्पनीले त्यसतर्फ चासो देखाएको छैन । पुल विश्व वैंक र संघीय सरकारको लगानीमा निर्माण गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्