१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महानगरबासीले दिएको धेरै जिम्मेवारी पूरा गरेको छु : मेयर शाक्य


104
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गर्नुभएको छ ।

मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइ दिएको पनि बताउनुभयो ।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उहाँले महानगरबासीको सबै चाहना पूरा गर्न नसकेपनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी पूरा गरेको जिकिर गर्नुभयो ।

मेयर शाक्यले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले मुद्दा मामिलाका कारण महानगरपालिका अन्तरगतका सबै वडा कार्यालय बनाउन नसकिएको स्पष्टिकरण दिनुभयो ।

कार्यक्रममा उपमेयर हरिप्रभा खड्गीले सहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयहरुको कामलाई अघि बढाइएको बताउनुभयो ।