
काठमाडौं । प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
प्युठानबाट दाङको घोराही जाँदै गरेको यात्रु बस शनिबार प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा एक जना बालकको मुत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु परियार रहेको प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि दाङस्थित राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घाइते सबैको अवस्था सामान्य छ । ३० यात्रु बोकेको बस अनियन्त्रित हुँदा सडकदेखि ७० मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्