१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


वीरगञ्ज नाकामा कोरोना परिक्षण प्रभावकारी हुन सकेन


0
Shares

वीरगञ्ज, चैत २ । कोरोना भाइसरको संक्रमण फैलिन नदिन वीरगञ्जको सीमा क्षेत्रमा अपनाइएको सजगता प्रभावकारी हुन सकेको छैन ।

आवश्यक जनशक्ति तथा उपकरण अभावले संक्रमितलाई रोक्न सीमामा अपनाइएको सजगता प्रभावकारी हुन नसकेको हो ।

रक्सौल नाकाबाट साना ठूला गरी दैनिक २० हजारभन्दा बढी सवारी साधन र ७० हजारभन्दा बढी यात्रु नेपाल भित्रिने गर्दछन् ।

यात्रुहरुको अत्याधिक चाप हुने वीरगन्ज नाकामा २४ घण्टा निगरानीका लागि दुईवटा हिट डिटेक्टर मेसिनसहित ७ जना स्वास्थ्यकर्मीलाई वीरगन्ज महानगरपालिकाले परिचालन गरेको छ ।

सिमाक्षेत्रमा परिचालन गरिएको जनशक्ति र उपलब्ध उपकरणले यात्रुको चाप थान्न नसकेकै कारण सवारी जामको समेत समस्या देखा परेको छ ।

महानगरपालिकाले उपलब्ध गराएको हिट डिटेक्टर मिसिन दुई घण्टामै तातिएर काम गर्न छाडने गरेको कारण परिक्षणमा समेत समस्या देखिएको सिमाक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

वीरगन्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगरपालिकाको साधन स्रोतले मात्र नाकाकोे चापलाई धान्न नसकिने बताए ।

यसमा केन्द्र सरकारले पहल गर्नुपर्ने उनकोे भनाइ छ ।