१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक


143
Shares

कैलाली । कैलालीको धनगढीमा आगामी सोमबारदेखि सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ ।

आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले धनगढीमा पत्रकार सम्मेलन गर्दै ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो ।

परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन खेल लु्म्बिनी प्रदेश र विभागिय टोली त्रिभुवन आर्मीबीच हुने छ ।

सिंहले प्रतियोगिताको तयारी पनि पूरा भएको बताउनुभयो । ‘प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने बताउदै पत्रकार सम्मेलनमा सदस्य सचिव सिंहले विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने जानकारी दिनुभयो ।