
काठमाडौं, चैत २ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
जस अनुसार मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे र उदयपुरमा दीपककुमार पहाडी रहेका छन् ।
यसैगरी पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ ।
कार्यबहाक जिल्ला प्रमुखका रुपमा बारामा रुद्रप्रसाद पण्डित र गुल्मीमा भरतकुमार शर्मालाई सरुवा गरिएको छ ।
यता कारागार व्यवस्थापन विभागमा प्रदिपराज कँडेल र अध्यागमनमा रमेशकुमार केसीलाई पठाईएको छ ।
प्रतिक्रिया दिनुहोस्