
काठमाडौं । मिस्टर एण्ड मिसेज ब्लाइन्ड रकर्स सिजन–३ को अवार्ड प्रदान गरिएको छ ।
शनिबार काठमाडौंको गठ्ठाघरमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोकका किरण दाहाल र ईलामकी समी लावतीले मिस्टर एण्ड मिसेज ब्लाइन्ड रकर्स सिजन–३ को अवार्ड हात पारेका हुन् ।
प्रतियोगितामा अछामका बुम बहादुर बिके र कैलालीका श्रुती राना मगर दोस्रो हुँदा काठमाडौंका कुसल न्यापाने र गोरखाका रोजिना पोखरेल तेस्रो भएका छन् । ब्लाइन्ड रक्सका संस्थापक सृष्टी केसीले प्रतियागिताले दृष्टिविहिनहरुमा आत्मविश्वास बढाएको र यसले समाजमा परिवर्तन गराउने खालको सन्देश प्रवाह गरेको बताउनुभयो ।
प्रतियोगितामा मिडिया पर्शानालिटी मल्भिका सुब्बा, कलाकार एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार र अपाङ्गता अधिकारकर्मी डा. विरेन्द्र राज पोखरेलको निर्णाय हुनुहुन्थ्यो २१ जना प्रतियोगिहरुलाई ३ दिन आवसीय क्याम्पमा राखेर तालिम दिइएको थियो ।
उनीहरुले देखाएको आत्मविश्वास तथा सोधिएका प्रश्नहरुका आधारमा विजेता भएका हुन । कार्यक्रमी प्रमुख अतिथि अभिनेतृ करिष्मा मानन्धरले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्