
काठमाडौं, चैत २ । नेपाल आयल निगमले एलपी ग्यास माग अनुसारै भित्रिरहेकाले अभाव नहुने बताएको छ ।
दैनिक १ लाख हाराहारीमा ग्यास सिलिण्डर भित्रिरहेकाले लाइन बस्नुपर्ने अवस्था नआउने समेत उसको दाबी छ ।
पछिल्लो समय माग बढेको र यस अनुसार आयात पनि बढाइएकाले बजारमा अभाव हुनुपर्ने कुनै स्थिति नरहेको निगमले जनाएको हो ।
उपभोक्ता अत्तालिएर मौज्दात बढाउन खोज्दा कृतिम अभाव सिर्जना गरी कालाबजारी बढ्न सक्ने तर्फ सरकारले सचेत गराउँदै आवश्यक भन्दा बढी नथुपार्न पनि अपिल गर्दै आएको छ ।
सहज आपूर्तिका लागि सरकार क्रियाशील रहेकाले ढुक्क भएर आवश्यक मात्रामा मात्र खरिद गरी सहयोग गर्न सरकारले आग्रह गर्दै आएको छ ।
यस अघि दैनिक १३ सय मेट्रिक टन एलपि ग्यास आयात गर्दै आएपनि अहिले माग बढेसंगै दैनिक १५ सय मेट्रिक टन अर्थात १ लाख ५ हजार बढि सिलिण्डर आयात गर्दै आएको निगमले जनाएको छ ।
ग्यासको आयातमा कुनै समस्या नरहेकाले ग्यासको अभाव हुनुपर्ने कुनै कारण नरहेको निगमका एलपि ग्यास विभाग प्रमुख दिपक बरालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्