१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


शेयर बजारमा उच्च गिरावट


0
Shares

काठमाडौं, चैत २ । साताको शुरुकै दिन आइतबार शेयर बजारमा उच्च गिरावट आयो । कारोबार समय थपेर ५ घण्टा पुर्याइएको दिन कारोबार शुरु भएदेखि नै वियरिष ट्रेण्ड रह्यो ।

नेप्सेले यस दिन देखि निरन्तर कारोबार समय विहान ११ बजे देखि ४ बजेसम्म पुर्याएको हो । नेप्से ६४ अंकले झरेर १३ सय १३ मा आएर थामियो ।

कारोबार भएका सबैजसो समूहमा उल्लेख्य गिरावट आयो । जीवन बीमा समूहमा सबैभन्दा उच्च ६ सय २१ अंक अनि निर्जीबन बीमा समूहमा पनि ४ सय १६ अंकको कमी आयो ।

लघुवित्त समूह ९३ अंकले, उत्पादनमूलक समूह ८० अंकले, विकास बैंक समूह ६२ अंकले अनि वाणिज्य बैंक समूह पनि ५७ अंकले ओरालो लाग्यो ।

यस्तै, होटल समूह ५२ अंकले झर्दा व्यापार समूहमा पनि ४३ अंकको कमी आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५७ कम्पनीको ५५ लाख ७० हजार कित्ता शेयर २ अर्ब १० करोड बराबरमा किनबेच भएको एक्सन्जले जनाएको छ ।