१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


न्याय सेवा आयोगको बैठक बस्दै


130
Shares

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ ।

नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय गर्न कार्कीले बैठक बोलाउनुभएको हो ।

आजको बैठकमा लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृत तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाको पदस्थापन मुख्य एजेण्डाका रुपमा रहेको बताइएको छ ।

त्यसैगरी, न्याय सेवाका केही कर्मचारीलाई सरुवा गर्ने एजेन्डासमेत रहेको बताइएको छ । न्याय सेवा आयोगले बैठकबाट न्याय सेवाका केही रजिष्ट्रारहरुको जिम्मेवारी हेरफेर गर्ने हल्ला चलेपनि विशिष्ट श्रेणीका कर्मचारीको सम्बन्धमा भने तत्कालै कुनै निर्णय नहुने आयोग स्रोतले बताएको छ ।

यद्यपि कर्मचारीको पदस्थापनसँगै सहसचिवसम्मका केही कर्मचारीको जिम्मेवारी हेरफेर र सरुवा हुनसक्ने आयोगले बताएको छ ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मीरा खड्का, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य रहेका छन् ।