१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नाबालिका बलात्कारको आरोपमा दुई युवक पक्राउ


91
Shares

बैतडी । नाबालिका बलात्कारको आरोपमा बैतडी प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

जिल्लाको तल्लोस्वराडकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तामाङले बालिकालाई बलात्कार गरेको स्वीकारेका छन् । गुरुङले सहयोगी भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ उनीहरुविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको र आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङ र तामाङ पाटन–पञ्चेश्वर सडक निर्माणको काम गर्न बैतडी आएका हुन् ।