१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


एमालेको जित निश्चित : अध्यक्ष ओली


156
Shares

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको जित निश्चित भएको बताउनुभएको छ ।

आइतबार इलाम भएको बृहत जनसभा एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इलामको सुर्योदयमा मात्र नभएर सिङ्गो नेपाल भरीबाट एमालेको जित हुने बताउनुभएको हो ।

ओलीले शिक्षा, स्वास्थ, खानेपानी, सडक सञ्जालहरुकमा चौतर्फी विकास आफ्नै पालामा भएको बताउनुभयो । डिजिटल नेपाल बनाउन आइटी क्षेत्रको काम पनि एमालेले गरेको ओलीले बताउनुभयो । यस्तै ओलीले अझै विकासका सम्भावनाहरु बाकीँ नै रहेकाले त्यो पनि पुरा गरिने समेत बताउनुभयो । यस्तै उहाँले विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको थियो ।