११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


३७ जना कोरोना संक्रमित थपिए


169
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

आइतबार ३८२ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३ हजार २४१ जना संक्रिय संक्रमित रहेका छन् ।