२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


आइएमई पेद्वारा दशैं तिहार लक्षित स्किमको विजेता घोषणा


91
Shares

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड ‘आइएमई पे’ ले उत्सवको बहार दुवई घुम्ने उपहार भन्ने मुल नाराका साथ नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरि तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ ।

उक्त स्किम अन्तर्गत कैलालीको धनगढीस्थित अमिगो मनी ट्रान्सफर र बाराको सिमरा स्थित मोबाइल सरोकार विजेता घोषित भएका हुन् । आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरि स्किम अवधिमा हवाई टिकट विक्री गरे वापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता छनोट गर्दा उनीहरु विजेता बन्न सफल भएका हुन् । व्यवसाय प्रवर्द्धनमुखी स्किम मार्फत व्यवसायिक साझेदारहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले यो योजना सञ्चालन गरिएको कमपनीले जनाएको छ ।

उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुवई घुम्ने अवसर प्राप्त हुने गरि तयार पारिएको थियो । कोरोनाका कारण कारण बाहिरी देश भ्रमणको लागि उपर्युक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च ३ लाख रुपैयाँ ( १ लाख ५० हजार प्रति विजेता) आइएमई पे एप मार्फत स्किमका विजेताहरुलाई ट्रान्सफर गरिएको छ ।