१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रभु लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न


117
Shares

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण आइतबार (आज) सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । प्रभु लाइफले २०७४ सालदेखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आईरहेको छ ।यो साधारण सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ । साथै कम्पनीको नियमावली अनुसार समूह “ख” का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचनबाट शंकर गौतम तथा दिपक पाण्डेयलाई निर्विरोध निर्वाचित गरेको छ ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. घिमिरेले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।