१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हत्या, हिंसा र यौन दुर्व्यवहार बढेको भन्दै महिला अधिकारकर्मीद्धारा आयोगको ध्यानाकर्षण


325
Shares

काठमाडौं । नेपालमा महिला तथा बालबालिकामाथि यौन दुर्व्यवहार र हत्या हिंसा बढेको भन्दै महिला अधिकारकर्मीहरुले राष्ट्रिय महिला आयोगको ध्यानाकर्षण गराएका छन् ।

केही दिनअघि १८ महिने शिशुको बलात्कारपछि भएको हत्याको घटनाले आम नेपालीलाई दुःखीत तुल्याएको अधिकारकर्मीहरु बताउछन् ।

सो घटनामा संलग्न दुई अभियुक्तमध्ये अजय चौधरी यसअघि पनि बलात्कारको अभियोगमा सजाय भोगेर जेलमुक्त भएका व्यक्ति हुन । नेपालमा फितलो कानून भएकाले ती व्यक्तिले सोही प्रकारको अपराध गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

महिला अधिकारकर्मीहरुले महिलाले भयरहित वातावरणमा बाँच्न पाउनुपर्ने माग गरेका छन् ।