
काठमाडौं । कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने वा एक्लै जाने विषयमा कांग्रेसले निर्णय गरिनसकेको बताउनुभएको छ ।
मोरङको सुन्दरहरैंचामा आइतबार भएको कार्यक्रममा कोइरालाले स्थानीय तहको निर्वाचनमा कम्युनिस्टसँग गठबन्धन गरेर जान खोजेको कांग्रेसलाई कम्युनिस्टले भोट दिने निश्चित नभएकाले मझधारमा फसेको बताउनुभएको हो ।
निर्वाचनमा कम्युनिस्टसँग कांग्रेसको गठबन्धनको औचित्य नभएको कोइरालाको भनाइ थियो । तर पार्टीले गठबन्धनको जिम्मा स्थानीय तहमा छोडिदिनुपर्ने कोइरालाको तर्क थियो । उहाँले कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्नुको सट्टा पार्टीभित्रको गुट–उपगुट समाप्त गरी आन्तरिक रुपमा गठबन्धन हुनुपर्ने सुझाव दिनुभयो ।
नेता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीभित्र नेता तथा कार्यकर्तालाई विभेद गरेर अघि बढ्न खोजे पार्टीलाई घात हुने चेतावनीसमेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्