१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फ्रेन्च लिगवान खेलकाे शीर्ष स्थानमा रहेको पिएसजी पराजित


221
Shares

काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत आइतबार भएको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फराकिलो हार व्यहोरेको छ ।

लियोनल मेसीबिना मैदान उत्रिएको पिएसजी मोनाकोको घरेलु मैदानमा भएको खेलमा ३–० ले पराजित भएको हो । मोनाको विरुद्व खराव लयमा देखिएको पिएसजीले मोनाको विरुद्व गोल गर्न भने सकेन् । आइतबार भएको खेलमा मोनाकोका लागि विसाम बेन यडरले २ तथा केभिन भोलन्डले १ गोल गरेका थिए । हारका बाबजुद पिएसजी अंक तालिकामा १५ अंकले अगाडि छ ।

पिएसजीले २९ खेल ६५ अंक जोड्दा मार्सेको २८ खेलमा मात्र ५० अंक छ । मोनाको २९ खेलमा ४४ अंकसहित सातौं स्थानमा छ।