१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


दोस्रो चरणको राष्ट्रिय परिचयपत्र वितरण कञ्चनपुरबाट


0
Shares

कञ्चनपुर, चैत ३ । दोस्रो चरणको राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुदूरपश्चिमको कञ्चनपुरबाट शुरु गरिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दोश्रो चरणको परिचयपत्र वितरण अभियान कञ्चनपुरबाट थालेको हो ।

यसका लागि १५ जिल्ला छनौट गरिएकोमा कञ्चनपुरबाट अभियान शुरु गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक शिवराज जोशीले बताए ।

उनले परिचयपत्रमा व्यक्तिको वैयक्तिक तथा जैविक विवरण राखिने भएकाले निकै महत्वपूर्ण हुने बताए ।

अभियान अन्तर्गत परिचयपत्रको दर्ता प्रक्रिया सुरु गरिएको छ भने परिचयपत्र छापिएपछि पुनः नागरिकसम्म पुगेर वितरण गरिने छ ।

परिचयपत्र बनाउन विभागले ९२ जना जनशक्ति खटाएको छ । कञ्चनपुरमा राष्ट्रिय परिचयपत्रका लागि १ लाख ९८ हजारले विवरण दर्ता गर्ने जिल्ला प्रशासन कार्यालयले लक्ष्य लिएको छ ।