१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेकपा एमालेकाे पोलिटब्यूरो बैठक आज बस्दै


65
Shares

काठमाडौं । नेकपा एमालेकाे आज (साेमबार) पोलिटब्यूरो बैठक बस्दै छ ।

साेमबार बबरमहलस्थित कार्की ब्यांक्वटेमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुनेछ । पोलिटब्यूरोमा पार्टीका १९ जना पदाधिकारी, २६ जना स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् । गत साता बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक बोलाउने र चुनावका विषयमा छलफल गर्ने जनाएको थियो ।

एमालेको केन्द्रीय कमिटी बैठक बुधबार र बिहिबारका लागि बोलाईएको छ ।