
काठमाडौं । नेपालमा दलीय भागवण्डा कति ब्यापक र तल्लो तहसम्म पुगेको छ भन्ने उदाहरण अर्घाखाँची जिल्लामा देखिएको छ ।
अर्घाखाँचीको प्रसिद्ध सुपा देउराली मन्दिरका सञ्चालक समितिमा पनि दलीय भागवण्डा गरिएको छ । सुपा देउराली मन्दिरको संचालक समितिका लागि केही दिन अघि भएको भेलाले नेपाली काँग्रेस र नेकपा एमालेबीच डेढ-डेढ बर्ष सञ्चालक समितिको अध्यक्षता गर्नेगरि भागवण्डा गरिएको हो ।
पहिलो डेढ वर्षको कार्यकाल काँग्रेसका गणेश थापाले अध्यक्षता गर्ने र त्यसपछिको डेढ वर्ष एमालेका फर्सबहादुर केसीले नेतृत्व गर्ने गरी भागवण्डा गरिएको हो। अध्यक्ष मात्रै होइन, कार्य समितिका पदाधिकारी र सदस्यमा समेत दुई दलले भागवण्डा गरेका छन् । सन्धिखर्क र शीतगंगा नगरपालिकाको सिमानामा रहेको यो मन्दिर सञ्चालनमा सन्धिखर्कको वडा नं. ७ र शितगंगाको वडा नं. २ का स्थानीयवासीले नेतृत्व गर्दै आएका छन् ।
मन्दिर रेखदेख, विकास तथा संचालन योग्यता र लगावनका आधार हुनुपर्नेमा राजनीतिक भागवण्डा हुनुले अन्ततः सांस्कृतिक धरोहरलाई कमजोर बनाउने बुझाई सर्वसाधारणको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्