
काठमाडौं, चैत ३ । पछिल्ला दिन ओरालो लाग्दै आएको सुनको भाउ सोमबार भने तोलामा ५ सयले उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सयले उकालो लागेर ७७ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार देखि ओरालो लागेको सुनको भाउ हिजो पनि १५ सयले घटेर ७७ हजारमा कारोबार भएको थियो ।
यस दिन चाँदीको भाउ भने ७ सय ९० मै स्थीर रह्यो । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १५ सय ३६ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्