
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली सरकार तत्काल लगानीमा आधारित योजना बनाउन तयार रहेको बताउनुभएको छ ।
लगानी योजनाका विषयमा स्वीट्जरल्याण्ड सरकारका राजदूतसँगको छलफलमा उहाँले कर्णालीको पूर्वाधार विकासमा लगानी गर्न आग्रह गर्नुभयो । कर्णाली प्रदेशको पूर्वाधार विकासमा स्वीट्जरल्याण्ड सरकारका राजदूतले समेत चासो व्यक्त गर्नुभएकाे थियाे ।
कर्णालीको सडक, पुल लगायतका पूर्वाधार विकासका विषयमा उहाँकाे चासो थियो । उहाँले कर्णालीको विकासका लागि सहयोग गर्ने बचन समेत दिनुभएकाे छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री रोकायाले पूर्वाधार विकासप्रति देखाएको चासोले विकट कर्णालीको पूर्वाधारले गति लिने आशा समेत व्यक्त गर्नुभयो ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासलाई तीव्रता दिन प्राथमिकतामा आधारित लगानी योजना महत्वपूर्ण रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्