१९ फाल्गुन २०८१, सोमबार | Tue Mar 4 2025


निर्वाचनसम्बन्धी लक्षण स्वस्थ छैन : अध्यक्ष ओली

मतपत्रको रङ, मनोनयनका समय र पदाधिकारीको राजीनामा सम्बन्धी प्रावधानमा असन्तुष्टि

130
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका सन्दर्भमा प्रकट भएका लक्षणहरू स्वस्थ नभएको टिप्पणी गनुभएको छ ।

सोमबार काठमाडौंमा भएको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले आयोगले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने जस्ता प्रावधान स्वस्थकर नभएको बताउनुभयो ।

स्थानीय तहमा गठबन्धनको बर्चश्व नरहेकाले उम्मेदवारले राजीनामा दिनुपर्ने व्यवस्था गरे पनि त्यसको कुनै औचित्य पुष्टि नहुने उहाँको दाबी छ ।

अध्यक्ष ओलीले आयोगले पछिल्ला निर्णयहरू गर्दा गठबन्धनबाहेक अन्य दलसँग परामर्श नगरेकोमा आपत्ति समेत जनाउनुभयो ।

उहाँले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर तीन वटै तहको सरकार पार्टीले चलाउनुपर्ने भन्दै सोही अनुसारको तयारी गर्न पार्टी पंक्तिलाई आह्वान गर्नुभयो ।