
इलाम । पशुपतिनगर भारतको दार्जिलिङ्ग भ्रमणमा आउने पर्यटकहरूको किनमेलको बजार हो । दार्जिलिङ्ग घुम्न आउने पर्यटकहरूको प्रथम स्थानको रूपमा पशुपतिनगर रहेको छ ।
भारतीय गाडी खुृला गरेसँगै सुनसान पशुपतिनगर व्यापारिक केन्द्रमा पर्यटकको चहलपहल बढेको हो । कोरोना भाइसरको संक्रमण बढेपछि २०७६ चैत्रदेखि पशुपतिनगरमा भारत भएर आउने सवारी ठप्प हुन्थ्यो ।
पशुपतिनगर भन्सार कार्यालयले भारतीय गाडीको भन्सार काटेर नेपाल प्रवेशको अनुमति दिएपछि पर्यटकको संख्या बढेको छ । जसका कारण व्यवसायीलाई पनि राहत पुगेको स्थानीय व्यापारीहरू बताउँछन् ।
आयात निर्यातको केन्द्रको रूपमा रहेको पशुपतिनगर बजार भारतबाट आउने पर्यटक र उपभोक्ताका भरमा रहेको चल्ने गरेको छ । दार्जिलिङमा पर्यटकीय सिजन नभएकाले पनि चहलपहल कम छ । तर, चैत महिनाबाट चहलपहल अझै बढ्ने व्यवसायी बताउँछन् ।
भारतका विभिन्न राज्य र बंगाली पर्यटककै भरमा चलेको पशुपनिनगर बजारमा मिरिक, दार्जिलिङ जाने नेपाली पर्यटकको समेत बाक्लो चहलपहल हुँदै आएको छ ।
नेपाल र भारतमा कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको संख्या बढेपछि पशुपतिनगर नाका भएर नेपाल भारत आवातजावत पनि बढेको छ ।
प्रतिक्रिया दिनुहोस्