१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


खानेपानीको आपूर्ति निःशुल्क हुनुपर्छ : कांग्रेस सांसद केसी


0
Shares

काठमाडौं, चैत ३ । संसदको विकास तथा प्रविधि समितिमा खानेपानी तथा सरसफाई सम्वन्धमा व्यवस्था गर्न बनेका विधेयकहरुमाथि छलफल भएको छ ।

समितिको सोमबार बसेको बैठकमा मौलिक हकको रुपमा रहेको खानेपानीको आपूर्ति निःशुल्क हुनुपर्नेमा जोड दिइयो ।

कांग्रेस सांसद राजेन्द्र केसीले निशुल्क खानेपानी उपलब्ध हुनुपर्ने बताए ।

समितिका सदस्यहरुले खानेपानी वितरणमा नागरिकको हक भन्दा पनि पानी वितरण गर्ने संस्थाको विषय मात्र केन्द्रित रहेको गुनासो गरे ।

बैठकमा एशियाली विकास बैंकको सहयोगमा देशका विभिन्न सहरमा संचालित साना शहरी खानेपानी तथा सरसफाई सम्वन्धी आयोजनामाथि पनि छलफल भएको थियो ।