१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा सवारी दुर्घटना, एक जनाको मृत्यु


7.072k
Shares

स्याङ्जा । जिल्लाको गल्याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो १ बजे वालिङबाट बुटवलका लागि छुटेको ग १५ प ७४४७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको लु २ ख ५२९० नम्बरको फोर्स गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रुपन्देहीको सुद्धोदन गाँउपालिका–५ घर भई गल्याङको कुशल मोटरसाइकल वर्कशर्पमा काम गर्ने २७ बर्षीय जितेन्द्र पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायवउपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाडीको ठक्करबाट घाइते पटेलको उपचारका क्रममा गल्याङ नगर अस्पतालमा मृत्यु भएको हो ।