१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आमा बन्दै सोनम कपुर,बेबी बम्पसहितको तस्बीर सेयर गरिन्


325
Shares

एजेन्सी । भारतीय अभिनेत्री सोनम कपुर आमा बन्ने भएकी छिन् ।

भारतकी सबैभन्दा स्टाइलिस अभिनेत्री सोनम आमा बन्ने कुराले उनका प्रसंशकहरूलाई निकै खुशी बनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सोनमले सामाजिक सञ्जाल मार्फत आफू आमा बन्न लागेको कुरा सेयर गरेकी हुन् । सोनमले श्रीमान आनन्द आहुजासँग वेवी बम्प सहितको तस्वीर सेयर गरेकी छिन् । सोनम कपुरले आफु गर्भवती भएको खबर सेयर गर्ने वित्तिकै उनलाई उनका प्रसंशक र अन्य कलाकारहरूले बधाई दिइरहेका छन् ।

सोनमको सबैभन्दा नजिककी साथि एवम् भारतकी स्टनिङ अभिनेत्री करिना कपुर खान सोनम आमा बन्न लागेको कुरामा निकै खुशी भएकी छिन् । सोनमको पोष्टमा करिनाले लेखेकी छिन् –‘म तिमीहरू दुबैको लागि धेरै खुशी छु, बच्चासँग खेल्ने इच्छा तीब्र भएको छ’ ।

सोनम भारतिय अभिनेता अनिल कपुरको छोरी हुन् । सोनमले भारतीय उद्योगपति आनन्द आहुजासँग ८ मे २०१८ मा विबाह गरेकी थिइन् ।