१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


धनकुटामा सत्तारुढ दलहरूबीच चुनावी तालमेल


234
Shares

धनकुटा । सत्तारुढ गठबन्धनका दलहरुले आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा तालमेल गरेका छन् ।

गठबन्धनमा आबद्ध दलहरूले सोमबार धनकुटामा पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि संयूक्त कार्यक्रम बनाएर जाने बताएका हुन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले धनकुटामा आसन्न स्थानीय तह निर्वाचनका लागि संयूक्त गठबन्धन गर्न सहमत भएको नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले जानकारी दिनुभयो ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा धनकुटाका सातवटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहित ६० मध्ये ४३ वटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।