
चितवन । सातौं कृषि गणना २०७८ को तयारी सुरु भएको छ ।
केन्द्रीय तथ्याङ्क विभागको तालिका अनुसार जिल्ला कृषि गणना कार्यालयको स्थापना गरेर तयारी सुरु गरिएको हो ।
जिल्लाका सात स्थानीय तहमा १६ जना सुपरीवेक्षक र ६४ जना गणक खटिने जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।
कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नारा सहित संघीयतापछिको पहिलो कृषि गणनाको सुरुवात वैशाख ६ देखि जेठ १९ सम्म हुने भण्डारीले बताउनुभयो ।
वि.सं. २०१८ सालदेखि हरेक १०–१० वर्षमा कृषि गणना गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्