१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


प्रदेश २ मा तीन दिनभित्र अवैध मदिरा पसल बन्द गर्ने प्रतिबद्धता


0
Shares

जनकपुर, चैत ३ । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेशभरिका अवैध मदिरा पसलहरु तिन दिनभित्र बन्द गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य शत्रुधन महतोले दर्ता गराएको विशेष सार्वजनिक महत्वको प्रस्तावमाथि जवाफ दिदैं मन्त्री यादवले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री यादवले प्रहरी प्रशासनलाई अवैध मदिरा पसलको खोजी गरी तीन दिनभित्र बन्द गर्न सुरक्षा समितिको बैठकमा स्पष्ट रुपमा निर्देशन दिइएको स्पष्ट पारे ।

जनचेतना अभिवृद्धिका लागि दुर्व्यसनमुक्त युवा अभियान समेत छिट्टै सञ्चालन गर्ने उनको भनाई थियो ।