
कैलाली । मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजय सुरुवात गरेका छन् ।
कैलालीको धनगढीमा सोमबारबाट सुरु भएको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मी र दोस्रो खेलमा घरेलु टोली सुदूरपश्चिम विजयी भएको हो ।
पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले कर्णालीलाई २५–१८, २५–१० र २५–१६ को सेटमा हराएको हो ।
यस्तै दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई २५–१७, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गर्यो ।
१२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोली सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्