१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जगदम्बा स्टील्सका सामान तेस्रो देशमा निर्यात


247
Shares

काठमाडौं । जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा निर्यात थालनी गरेको छ ।

कम्पनीले आफ्ना उत्पादनहरू रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात हुन थालेको जनाएको हो ।

कम्पनीका अनुसार यी देशमा जगदम्बा सुपर साइन र ग्याल्भाप्लसको निर्यात भइरहेको छ ।

जगदम्बास्टील्सले केही समय अगाडिमात्रै ‘सीआर सिटएण्ड कोइल्स’हरू दक्षिणपूर्वी, मध्यपूर्वी एसियाली देश तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो ।

आफ्ना उत्पादनको लोकप्रियता तथा माग विदेशमा चुलिएको कम्पनीको दाबी छ ।