
काठमाडौं, चैत ३ । कोरोनाको संक्रमणबाट बच्नका लागि मास्क र ह्यान्ड स्यानीटाइजर उपलब्ध गराउनु पर्ने तथा जनचेतना पनि बढाउनु पर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सोमबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।
ललितपुर महानगरपालिकाले स्थानीय कच्चा पदार्थको प्रयोग गरी स्यानीटाइजर र मास्क उत्पादन गरेको र त्यसका लागि ५८ जनालाई तालिम पनि दिइएको जानकारी नास्टले गराएको छ ।
ललितपुर महानगरपालिका, वडा न. १४ का वडा अध्यक्ष दिनेश कार्कीले प्रत्येक वडामा ५ हजार पिस मास्क पठाउने तयारी भईरहेको जानकारी दिए ।
कार्यक्रममा डा. कान्ति श्रेष्ठले स्यानीटाईजरको प्रयोग पानी र साबुनको विकल्पको रुपमा प्रयोग गर्नुपर्ने भन्दै शुद्ध खानापानमा समेत ध्यान दिनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस्